हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी भएका छन् ।
भर्खरै सम्पन्न भएको मतगणनाको अन्तिम मत परिणाम अनुसार वडाध्यक्ष उम्मेद्वार सोमबहादुर स्याङ्तान ९१० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
पाँच दलीय गठवन्धनको तर्फबाट उम्मेदवार हुन् । निकटतम प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् । वडा नम्बर १ मा १६४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।












प्रतिक्रिया दिनुहोस्