हेटौंडा । हेटौंडाको सडक १६ मिटर हुने संभावनै नरहेको हेटौंडा ५ निवासी भिमसेन महतले बताएका छन । उनले पत्रकार सम्मेलन मार्फत भोटको लागि सडक बिस्तारको कुरा ल्याएर भ्रमको खेती नगर्न आग्रह गरे ।

एशियन हाइवेको हेटौंडा बजारभित्र पर्ने सडक दायाँबायाँ २५ मिटर नै विस्तार गर्नुपर्ने उनको भनाई छ । विगत ७ वर्षदेखी २५ मिटरनै लागु गर्नुपर्छ भन्दै अभियान चलाएका हेटौंडा ५ निवासी महतले हेटौंडा बजारमा २५ मिटर नै सडक विस्तार गरिनुपर्ने बताएका छन् ।

उनले यही एशियन हाइवे अन्र्तगत बारा र चितवनका क्षेत्र विस्तार हुने हेटौंडाको चाहीँ किन नहुने भन्दै सरकार समक्ष प्रश्न उठाएका छन् । सडक ऐनले नै ५० मिटर हुनुपर्ने भनी लेखिएको देख्दा देख्दै १६÷१६ मिटरको हल्ला गरी हेटौंडाबासीहरुमा भ्रम फैलाइएको र बाइपास भन्दै भ्रमको खेती गरिरहेको बताए । प्रदेश सरकारले बाइपासको लागि खर्चिएको बजेट बालुवामा पानी खनाए जस्तै हो भन्दै महतले हेटौंडा नगर क्षेत्र नवलपुरतर्फ २५ मिटर लागु हुने तर बजारक्षेत्रमा लागु किन नहुने भन्दै फरकफरक कानुन लागु नगर्न अनुरोध गरेका छन् ।

उनले राजमार्ग परिवर्तन गर्ने भनी जुन हल्ला गरेका छन् त्यो सम्भव नरहेको भन्दै परिवर्तन नै गर्ने भए राजमार्गलाई एशियन हाइवेमा पठाउनुपर्ने र उसले मान्यता दिए मात्र वाइपासलाई कार्यान्वय गर्न मिल्छ तर त्यो कार्य गर्न सरकारलाई गाह्रो हुन्छ किनकी सरकारले भत्काएर २५ मिटर विस्तार गर्ने भनी बजेट, अनुदान वा सहयोग लिइ सकेका छन् उनले भने ।