हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष कौशलराज पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा बुधबार बिहान श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
पाण्डेको कात्तिक १० गते साँझ हेटौंडा–४, कमलडाँडास्थित निवासमै निधन भएको हो । प्रयास अर्धसाप्ताहिकका प्रकाशक, सम्पादक समेत रहेका पाण्डे सेवा निवृत्त शिक्षक थिए ।
साहित्यिक क्षेत्रमा समेत योगदान गरेका पाण्डेको श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समितिका पूर्वअध्यक्षहरु नवराज शर्मा, प्रताप विष्ट, राममणि दाहालको पनि उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्