हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आचार संहिता बिपरित हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले भोट माग्दै हिडेका छन् ।

उनले सार्वजनिक रुपमै निर्वाचन आचार संहिता बिपरित भोट मागेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ मा गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटनलाई सम्बाधन गर्दै भोट मागेका छन् । गठबन्धनकै कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा पनि देखिएकी छिन् । अनिरुद्र खबरलाई प्रतिक्रिया दिदै मेयर लामाले अनुगमन गर्न गएका बेला परेको प्रतिक्रिया दिएकी छिन् ।

निर्वाचन आचार संहिता विपरित हेटौंडाका मेयर र उपमेयर गठबन्धनको लागि सार्वजनिक कार्यक्रममा भोट माग्दै हिडेपनि निर्वाचन आयोग भने मौन छ ।

यता मकवानपुरका निर्वाचन आचार संहिता अधिकृत रमेश अर्यालले आचार संहिता उल्ङघन गरेको प्रमाण सहित आयोगमा उजुरी आए बैठक बसेर नियम अनुसार कार्वाही हुने बताए । उनले आफ्नो क्षेत्र भित्र मेयर, उपमेयरले चुनावी प्रचारप्रसारमा हिड्न नपाईने प्रतिक्रिया दिए ।