हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १० राप्तीपुल नजिकै बिहिवार राती फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको छ ।
गएराती प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको हो । फेला परेको शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
आम निर्वाचन नजिकिँदै गर्दा शंकास्पद वस्तु देखा परेपछि सो क्षेत्रका स्थानीय त्रसित भएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार मकवानपुर सहित देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।












प्रतिक्रिया दिनुहोस्