हेटौंडा । भाेलि (४ मंसिर) मा हुने प्रनितिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनकाे तयारी मकवानपुरमा अन्तिम चरणमा पुगेको छ। मतदानको अघिल्लो दिन शनिबार जिल्लाका निर्धारित स्थानमा मतदान केन्द्र निर्माणको कार्य धमाधम भइरहेको छ।
प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभामा चारवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एक सय ६७ वटा मतदान स्थल छन्। यस्तै जिल्लामा थप दुईवटा अस्थायी मतदान राखिएकाे छ।
मतदानस्थल निर्माण कार्यमा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरु खटिएका छन् । आज साँझसम्ममा जिल्लाका सम्पूर्ण मतदान केन्द्रहरु तयार गरिसक्ने लक्ष्यका साथ काम भइरहेको मकवानपुरका मुख्य निर्वार्चन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए।
अधिकृत निरौलाका अनुसार जिल्लामा एकसय ६७ वटा मतदानस्थल र दुई अस्थायी सहित तीन सय ६४ वटा मतदान केन्द्र छन्। जसमध्ये मकवानपुर क्षेत्र नम्बर १ मा एकसय ७२ र क्षेत्र नम्बर २ मा एकसय ९२ वटा मतदान केन्द्र छन् । यस्तै निर्वाचन कार्यका लागी जिल्लामा करिब ३ हजार कर्मचारी परिचालन गरिएको पनि मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिए।
भिमफेदी गाउँपालिकाम रहेको भिमफेदी कारागार र जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई अस्थाइ मतदानकेन्द्र तोकिएको बागमती प्रदेश निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिए।
अधिकृत पोखरेलका अनुसार भिमफेदी कारागारमा २८ जना कैदीबन्दीले मतदान गर्ने छन् भने जिल्ला प्रशासन कार्यलयमा रहेको अस्थाई मतदान केन्द्रमा निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मी र जिल्लामा रहेका आश्रयस्थलमा बस्ने जेष्ठ नागरिकहरुले मतदान गर्ने छन्।
मकवानपुरमा रहेका कुल १७ सय ३१ अस्थाई मतदातामध्ये ४२० जना मकवानपुर क्षेत्र नम्बर १ मा र ३४५ जना क्षेत्र नम्बर २ मा निर्वाचन कार्यका लागी खटिएको पनि अधिकृत पोखरेलले जानकारी दिए।
हेटौंडामा १० वटा मतदानस्थल अपांगमैत्री
बागमती प्रदेशको राजधानी समेत रहेकाे हेटौँडामा १० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ। यी मतदान केन्दंमा शारीरिकक अपांगता, सुस्त श्रवण, दृष्टिविहीन र अशक्तहरू सहजै मतदान कार्यमा सहभागी हुने छन्।
अपांगमैत्री मतदान केन्द्रहरु हेटौंडाको वडा नम्बर १ मा रहेको रोपवे भवन, २ मा रहेको शिद्धार्ग मावी, ३ मा रहेको महेन्द्र किरण मावि, ४ मा रहेको भुटनदेवी मावि, ५ मा रहेको बालज्योती मावि, ७ मा रहेको नवज्योती मावि, १० मा रहेको ज्ञानदा मावि, १२ मा रहेको विष्णुज्योती आधारभूत विद्यालय, १५ नम्बर वडा कार्यलय र १६ मा रहेको जनप्रिय मावि मतदान स्थलमा छन्।
यस्ता अपांग मैत्री मतदान केन्द्रहरुमा सांकेतिक भाषा सूची, सांकेतिक भाषा प्रयोग गर्ने कर्मचारी, दृष्टि बिहीनका लागी मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री राखिने अधिकृत पोखरेलले जानकारी दिए।












प्रतिक्रिया दिनुहोस्