हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नं. १, प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै गरेकी छिन् । गठबन्धनकी उम्मेदवार डिनाले सुर्य चुनाव चिन्ह लिएर एमालेबाट उम्मेदवार बनेका कमल थापालाई २७ सय ६८ मतले पछि पारेकी हुन ।
हालसम्म ४६ हजार ६५५ मत गणना गर्दा काँग्रेसकी डिनाले १६ हजार ३८६ मत प्राप्त गर्दा थापाले १३ हजार ६१८ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका दिपक बहादुर सिंहले १० हजार ९३२ मत प्राप्त गरेका छन् । यहाँ हाल सम्म २२ सय ६५ मत बदर भएको छ ।












प्रतिक्रिया दिनुहोस्