हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आबधिक योजनालाई केन्द्रमा राखेर आर्थिक बर्ष २०८१/८२ को बजेट ल्याईने बताएका छन। बागमती प्रदेशको दोस्रो आबधिक योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा प्रदेश विकास परिषदको बैठकमा बोल्दै उनले यस्तो बताए ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले बहुवर्षिय आयोजनाहरुमा लगानी गर्ने बताउँदै भने“ हाम्रो समस्या भनेको वर्षैचिच्छे योजना फेर्नु हो, योजना कार्यान्वयन गरेर प्रतिफल ल्याउनको लागि यसलाई फेर्नु हुँदैन ।” प्रदेश सरकारले एउदै योजनामा ५ बर्ष काम गर्ने जानकारी दिए । महिलालाई उद्यमसंग जोड्दै उद्यमविकास गर्ने सरकारको लक्ष्य बमोजिम ३५ वटा पालिकामा गृहिणी महिला उद्यमशिलता कार्यक्रम लागु गरिएको उनले जनाए। त्यसैगरी १० वटा पालिकामा दलित लक्षित कार्यक्रम र ६ वटा पालिकामा चेपाङ चिउरी कार्यक्रम लागु गरिएको उनको भनाई छ ।

स्थानिय सरकारलाई प्राविधिक शिक्षा लागु गराउनको लागि नीति बनिसकेकोले त्यसतर्फ ध्यान दिन उनले सुझाए । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले १५ हजार युवालाई सिप सिकाएर आगामी वर्षलाई सीसि वर्ष घोषणा गर्ने तयारी गरिरहेको जनाए ।

बागमती प्रदेशको आबधिक योजना पारित

बागमती प्रदेश सरकारले दास्रो आबधिक योजनाको मस्यौदा पारित गरेको छ । आज बसेको प्रदेश विकास परिषद्को बैठकले प्रदेश आबधिक योजना २०८१/८१—२०८५/८६ लाई पारित गरेको हो ।

मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, नीति तथा योजना आयोगका उपाध्यक्ष, संसदिय दलका नेताहरु, सांसदहरु, प्रदेश विकास परिषद्को सदस्यहरुको सहभागिता रहेको थियो ।