काठमाडौं । गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सोही प्रयोजनका लागि वार्षिक साधारणसभा डाकेको छ ।

सभा, असोज ३ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसूचीसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेछ ।

त्यसैगरी सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड पुर्याउने, जारी पुँजी १ अर्ब ३० करोड पुर्याउने तथा जारी पुँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा १५ प्रतिशतले हुन आउने शेयर संस्थाका कर्मचारी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ ।

Visited 33 times, 1 visit(s) today