काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिने अन्तिम दिनसम्म १० जनाको आवेदन परेको छ ।

अर्थ मन्त्रालयले यसअघि फागुन १२ गते एक सूचना प्रकाशित गर्दै फागुन १८ सम्मका लागि दरखास्त आह्वान गरेको थियो । तर, १७ गतेसम्म आवेदन नै नपरेपछि म्याद थप गरेर फागुन २५ अर्थात् आजसम्मको लागि समय बढाइएको थियो  ।

शुक्रबारसम्म एक जनाले मात्रै आवेदन परेको थियो भने आज ९ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जानकारी दिएको छ । यसअघि सिडिएस एन्ड क्लियरिङ लिमिटेडका पूर्वसीईओ पूर्णप्रसाद आचार्यको मात्रै आवेदन परेको थियो ।