काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) गोपाल खत्री कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन । कार्यालयले कार्यसम्पादन मूल्यांकनका आधारमा खत्रीलाई उत्कृष्ट प्रहरी छनोट गरेको हो ।
कार्यालयको ५ नम्बर पिल्लरमा कार्यरत खत्रीले कात्तिक महिनामा विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा कार्यालयले सुम्पिएका महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
संगठनको नीति, निर्देशन र पदीय दायित्वअनुसार इमानदारी, वफादारी, लगनशीलता तथा व्यावसायिकताका साथ काम गरेको मूल्यांकन गर्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको कार्यालयले जनाएको छ ।
‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम खत्रीलाई छनोट गरिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले जानकारी दिए ।
खत्रीलाई उत्कृष्ट प्रहरी घोषित गरिएसँगै अन्य प्रहरी कर्मचारीलाई पनि जिम्मेवारीप्रति थप उत्तरदायी, प्रतिबद्ध र व्यावसायिक भएर काम गर्न प्रेरणा मिल्ने कार्यालयले विश्वास व्यक्त गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्