हेटौंडा । उपभोक्ता हित संरक्षण मञ्च नेपालको बागमती प्रदेशको अध्यक्षमा सामुदायिक प्रहरी सेवा केन्द्र हेटांैडाका अध्यक्ष राम विष्ट सर्बसम्मत चयन भएका छन ।
प्रदेश कमिटीको उपाध्यक्ष वेद वहादुर खांड धादिङ, सचिव सूर्य बोहरा चितवन, सहसचिव इन्द्र भुजेल सिन्धुली, कोषाध्यक्ष जुना श्रेष्ठ मकवानपुर र सदस्यहरु नविन कार्की रामेछाप, कुमार लगुन दोलखा, कमल कुमार भारती सिन्धुपाल्चोक, राजकाजी डंगोल काठमाडौं, राम प्रसाद न्यौपाने रसुवा, विमला भट्टराई चितवन, रोहीत गुरुङ्ग सिन्धुली चयन भएका छन ।
नवनिर्वाचित अध्यक्ष विष्टले उपभोक्तको हितमा सबै पक्षको साथ लिएर थप प्रभावकारी काम गर्ने बताए ।












प्रतिक्रिया दिनुहोस्