हेटौंडा । प्रदेश सुशासन केन्द्रमा कार्यकारी निर्देशकमा भरतपुरका गोपालकृष्ण न्यौपाने नियुक्त भएका छन । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयले उनलाई नियुक्त गरेको हो ।

यो संगै बैठकले तीन वटा निर्णय गरेको बागमती प्रदेश सरकारका प्रबक्ता एबम् आन्तरिक मामिला तथा योजना मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । यसको साथै बैठकले बागमती प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य गरेको छ ।

त्यसैगरी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । त्यस्तै युवा बैज्ञानिक कोष सन्चालन बिधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको लगायतका निर्णय गरेको प्रबक्ता श्रेष्ठले बताए ।