हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ साततलेमा रेविजबाट दुई जनाको मृत्यु भएको छ । एक साताको अवधिमा बागमतीका ३२ बर्षिय कमल नेगी र ९ बर्षिय रबिना थोकरको रेविजबाट मृत्यु भएको बागमती गाउँपालिकाका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले पुष्टि गरे ।
गोलेले दिएको जानकारी अनुसार नेगीलाइ छ महिना अगाडि र थोकरलाई पाँच महिना अघि कुकुरले टोकेको थियो । बागमतीमा कुकुरको टोकाइबाट दुईजनाको मृत्यु भएपछि स्थानीय २६ जनालाई रेविज विरुद्धको खोप लगाइएको छ ।
गत बर्ष मकवानपुरमा रेविजबाट तीन जनाको मृत्यु भएको थियो । मकवानपुरगढीमा एकजना र उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुइजनाको मृत्यु भएको थियो । पशुबाट मान्छेमा सर्ने जुनोटिक रोगबारे बताउँदै प्रायः भुषाह कुकुर, स्याल, चितुवा, बदेल, चमेराबाट रेविज सर्ने गरेको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए । जिल्लाको बागमती, बकैया, मनहरी, भिमफेदी र थाहा नगरपालिका रेविजको जोखिमयुक्त स्थानीयतह हुन ।
प्रतिक्रिया दिनुहोस्