हेटौँडा । हेटौँडा–६, मा रहेको दिव्य नगर टोल विकास संस्थाको चौथो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको बन्द सत्रले पुन तारानाथ ढकालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद खतिवडा सचिवमा दक्षु सुवेदी र कोषाध्यक्षमा लक्ष्मण चौलागाई चयन भएका छन् । समितिको सदस्यहरूमा दुर्गा लामिछाने, सङ्गीता घिमिरे, अन्जु अधिकारी, सन्तोषी चौलागाई र अम्बिका प्रसाद चौलागाई चयन भएका छन् ।
साधारण सभामा संस्थाका अध्यक्ष ढकालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण चौलागाईले आर्थिक प्रतिवेदन पेस गरेका थिए । हेटौँडा–६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष ढकालको सभाध्यक्षतामा साधारण सभा भएको हो ।
साधारण सभामा हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी गोपिनी गौतम, संस्थाका सल्लाहकार सूर्य प्रसाद दुलाल, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष वासुदेव खतिवडा, सचिव राजकुमार फुयाँल, नव प्रभात टोल विकास संस्था अध्यक्ष शोभा घिमिरे, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता थियो । टोल विकास संस्थामा ४० घरधुरी आबद्ध रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्