हेटौँडा । नेपाल पत्रकार महासंघका पूर्व सभापति होमनाथ दाहालको निधनप्रति शोक प्रकट गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरले शोक पुस्तिका राखेको छ ।

१३ दिनसम्म महासंघमा राखिने उक्त पुस्तिकामा हस्ताक्षरका लागि महासंघ मकवानपुरले संचारकर्मीहरुलाई अपिल गरेको छ । महासंघको केन्द्रीय महिला उपाध्यक्ष नितु पंडीत, नेपाल पत्रकार महासंघका बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी उपाध्यक्ष ध्रुब अधिकारी कोषाध्यक्ष प्रदिप अधिकारी, प्रेस युनियनका अध्यक्ष सुबास बिडारी लगायतले शोक पुस्तिकामा हस्ताक्षर गरेर शुभारम्भ गरे ।

केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचार गराइ रहेका दाहालको हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।