हेटौंडा । हेटौंडा अस्पतालमा बिरामी शिशुलाई थप उपचार गर्न रिफर गर्नुपर्नेमा डिस्चार्ज गरेपछि शिशुको मृत्यु भएको छ ।

हेटौंडा ८ कमानेका कृष्ण बहादुर अधिकारी र कमला अधिकारीको शिशुको मृत्यु भएको हो । हेटौंडा अस्पतालमा असार १६ गते कमला सुत्केरी भएकी थिइन् । उनको नर्मल डेलिभरी भएको थियो । जन्मदा बच्चा स्वस्थ रहेपनि लगतै शिशुको स्वास्थ्यमा समस्या आएपछि हेटौंडा अस्पतालबाट अन्यत्र रिफर गर्नुपर्ने शिशुलाई डिस्चार्ज गरेपछि शिशुको मृत्यु भएको पीडितले बताएका छन ।

असार १७ गते बिरामी शिशुलाई थप उपचारको लागि रिफर गर्नुपर्नेमा शिशुलाई हेटौंडा अस्पतालका डाक्टरले घर पठाएका थिए । शिशुको स्वास्थ्य अवस्था बिग्रिएपछि आज थप उपचारका लागि हेटौंडा अस्पतालमा उपचारको क्रममा शिशुको मृत्यु भएको हो । अस्पतालमा उपचारको क्रममा शिशु निलो हुने र शिशुको अवस्था ठिक नहुँदै अस्पतालले डिस्चार्ज गरिदिंदा शिशुको मृत्यु भएको पीडित पक्षले जनाएको छ । अस्पतालको लापरवाहीको कारण शिशु गुमाउनु परेको परिवारको भनाई छ ।

यता उपचारमा संलग्न चिकित्सकले नर्स र डाक्टर बिच आवश्यक समन्वय नहुँदा शिशुको मृत्यु भएको स्वीकारेको छ । बिरामी शिशुको अवस्थाबारे अस्पतालले बिरामीको आफ्न्त तथा आमा बाहेक परिवारका अन्य सदस्यलाई जानकारी दिएको थिएन् ।

त्यस्तै पीडित र हेटौंडा अस्पताल व्यवस्थापन समिति बिच भोलि थप छलफल हुने सहमति भएको छ । सार्वजनिक सेवा सुधार संघर्ष समितिको समन्वयमा पीडित परिवारलाई राहत पुग्नेगरि छलफल तथा सहयोग गर्नका लागि हेर्टांडा अस्पताल व्यवस्थापन संग प्रस्ताव गरिएको छ ।

छलफलमा हेटौंडा अस्पतालका डाक्टर हरि खड्का, डाक्टर राजु सेडाई, डाक्टर सुजता पन्त, दिपेन्द्र चन्द ठकुरी, कृष्णराज कोईराला, रामशरण कार्की, बिरेन्द्र श्रेष्ठ, रमेश ठकुरी, विवेक बिक्रम शाह, शान्ति राजथला, धु्रव प्रसाद घिमिरे लगायतकाको सहभागिता रहेको थियो ।