हेटौंडा । हेटौडा–६, चौघडामा रहेको गुप्तेश्वरी टोल विकास संस्थाको २० औं वार्षिक साधारणसभा शनिवार चौघडामा सम्पन्न भएको छ ।

साधारणसभाको बन्दसत्रले नानीमाया रुम्बाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा शुभद्रा आचार्य, सचिवमा अप्सरा अधिकारी, सहसचिवमा सन्ध्या श्रेष्ठ र कोषाध्यक्षमा सविता सुब्बा चयन भएका छन । यसैगरि सदस्यहरुमा शुभद्रा श्रेष्ठ, संगिता श्रेष्ठ, भावना सापकोटा, अप्सरा दाहाल, सुनिता ढुंगेल र संगिता श्रेष्ठ रहेका छन ।

साधारणसभा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष गोमा लामिछानेको सभाध्यक्षतामा भएको थियो । साधारणसभामा संस्थाकी अध्यक्ष गोमा लामिछानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नानीमायाँ रुम्बाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा संस्थाले गरेका गतिविधिहरुको प्रचारप्रसार गराई संस्थाको लोकप्रियता बढाउन सहयोग गरेकाले सञ्चारकर्मी भीमसेन पौडेललाई नगद सहित सम्मानित गरिएको थियो । साधारणसभामा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुप्रसाद ढुंगाना, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, संस्थाकी सदस्य शुभद्रा आचार्य लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।

एक सय २२ जना सदस्य रहेको संस्थाले ४२ लाखको कारोवार गरेको संस्था सचिव अप्सरा अधिकारीले बताईन ।