हेटौंडा । नयाँ वर्ष २०७९ मा हेटौंडामा मेघा कन्सर्ट हुने भएको छ । २०७८ सालको बिदाई तथा नयाँ वर्ष २०७९ को स्वागत गर्न वाग्मती फाउण्डेसनको आयोजनामा कन्र्सट हुन लागेको हो ।

आगामी बैशाख १ गते बिहिवार हेटौंडाको भुटनदेवी विद्यालयको खेल मैदानमा दिउँसो १२ बजेबाट कार्यक्रम गरिने फाउण्डेसनका अध्यक्ष दर्शन क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा कलाकारहरु टीका प्रसाई, खेम सेन्चुरी, जेनिश उप्रेती, विकास पाण्डेले सांगितिक प्रस्तुती दिनेछन भने हाँस्यकलाकार राजेन्द्र नेपाली (लटे) र प्रभात लामाको प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।