हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ सिमातका दुई जना कराँतेका खेलाडिले ब्याकबेल्ट पाएका छन् । बकैयाको सिमात डोजोका खेलाडि आयुष स्याङतान र सम्झना स्याङतानले ब्याकबेल्ट पाएका हुन् ।

नेपाल सितोरियो कराँते डो संघको बागमती प्रदेश स्तरीय दिक्षान्त कार्यक्रममा उनीहरु दिक्षित भएको स्वंयम सेवक प्रशिक्षक दीर्घ बहादुर लामाले जानकारी दिए । नेपाल सितोरियो कराँते डो संघको आयोजनामा भरतपुर महानगरपालिका १०, चितवनको कभर्डहलमा दीक्षान्त समारोह भएको थियो । नेपाल कराँते महासंघ नेपालका प्रशिक्षक महेश कुमार श्रेष्ठले परीक्षा लिएका थिए ।

बकैयाको सिमातमा विगत तीन बर्षदेखि कराँतेको प्रशिक्षण हुँदै आएको छ । हाल १५ जना खेलाडिहरुले नियमित प्रशिक्षण लिईरहेका छन् । कराँतेको प्रशिक्षण लिन चाहनेलाई खेलाडिलाई निःशुल्क प्रशिक्षण तथा कराँते पोशाक समेत उपलब्ध गराईने सिमात डोजोका प्रशिक्षक लामाले जानकारी दिए । उनले इच्छुक भएकाहरुलाई सहभागि हुन पनि आग्रह गरेका छन् ।

सिमात डोजोलाई बकैया गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष गोपाल बहादुर नेसुरले पनि सहयोग गरेका छन् । उनले खेल र खेलाडिको विकासमा आफु सधैं सकारात्मक रहेको बताए ।