हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य लोबहादुर मुक्तानले पालिकामा अध्यक्ष र उपाध्यक्ष द्वन्द्व, कार्यपालिका सदस्यको बहुमत नहुँने र राजनीतिक प्रतिशोधका कारण स्थानीयतहको बजेट समयमै आउन नसकेको बताएका छन ।

त्रिपुरासुन्दरी गाउँपालिकामा पनि चाडो भन्दा चाडो बजेट ल्याउन महासंघले आग्रह गरिसकेको उनको भनाई छ । “स्थानीय सरकार जनता संग प्रत्यक्ष जोडिने सरकार हो, प्रदेश र संघ सरकार सँग योजना र बजेट माग्न पनि समस्या हुन्छ, त्यसैले समय सिमाभित्र बजेट पास गर्नुपर्छ ।” समयमै बजेट ल्याउन नसक्दा स्थानीय तहमा बेरुजु पनि बढ्ने गरेको उनले तर्क गरे ।

जनप्रतिनिधि भनेको निःस्वार्थ जनताको प्रतिनिधि हो भन्ने पहिचान दिनु र जनप्रतिनिधि स्वय्मले बुझ्नुपर्छ, चुनावको बेला दलबाट उठेपनि जननिर्वाचित भईसकेपछि जनताको प्रतिनिधि हो भन्ने बुझाईको कमिको कारणले समयमै बजेट आउन नसकेको उहाँको बुझाई छ । गाउँपालिका राष्ट्रियले महासंघले निकट भबिष्यमै जनप्रतिनिधिहरुलाई जिम्मेवारीबोध हुने खालको प्रशिक्षण गर्ने तयारी गरेको छ । बागमती प्रदेशमा ७४ वटा गाउँपालिका रहेका छन् ।