हेटौंडा । कान्तिलोकपथ सडकखण्ड अन्तरगत मकवानपुरको भीमफेदी–८ प्रताप डाँडामा ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

बुधवार दिउँसो परालको भुसा बोकेर काठमाडौँ जाँदै गरेको ना ८ ख ६४९९ नम्बरको ट्रक काठमाण्डौँ तर्फ बाट हेटांैडा आउँदै गरेको बा ४ ख ५७८० नम्बरको बससंग ठोक्किएर भिमफेदी–८ मा पल्टिएको हो ।

दुर्घटनामा ट्रक चालक सर्लाही बागमती नगरपालिका–१ का २५ बर्षीय नारायण बहादुर रायमाझी घाइते भएका छन । उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेको र उपचारको लागी हेटांैडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बसमा सवार ४ जना सामान्य चोट लागेको र ट्रक र बस घट्ना स्थलमै रहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।