हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । बिहीबार आयोजित १२ ओैं गाउँसभामा पालिका अध्यक्ष लोकबहादुर मुक्तानले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मुक्तानले आगामी वर्ष गाउँपालिकाले दूध र खसीबोका बिक्रीमा अनुदान दिने घोषणा गरे । गाउँपालिकाले सहकारीमार्फत दूध बिक्री गर्दा किसानलाई प्रोत्साहनस्वरुप प्रतिलिटर ३ रुपैयाँ र खसीबोका बिक्री गर्दा जिउँदो प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने घोषणा गरिएको छ ।

यस्तै बिमा गरेका गाई भैंसी कृत्रिम गर्भाधान गरी ब्याए पछि सुत्केरी पोषण भत्ता बापत सम्बन्धित कृषकलाई रु २५०० नगद दिइने नीतिसमेत लिइएको छ ।

यस्ताे छ गाउँपालिकाकाे कृषि सम्बन्धी नीति तथा कार्यक्रम

• “कृषि उत्पादनमा अविवृद्धि, कैलाश गाउँपालिकाको समृद्धि” भन्ने मुल नाराका साथ कृषि क्षेत्रलाई मुख्य प्राथमिकताको साथ अगाडी बढाइने  छ ।

• ” बांझो जग्गा बिहिन गाउँपालिका, हराभरा गाउँपालिका” को निर्माण गर्न जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गरिने छ ।

कृषि तथा पशु पालन सम्वन्धी प्राबिधिक परामर्श उपलब्ध गराउन प्राविधिक जनशक्तिलाइ बढाइने छ ।

• कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिई कृषि व्यवसायको आधुनिकिकरण, यान्त्रिकिकरण र बजारीकरणमा जोड दिईने छ । कृषकहरुलाई आधुनिक कृषि औजार उपलब्ध गराईनेछ ।

• गाउँबासीहरुमा स्वरोजगारीको सृजना गर्न एक वडा एक उत्पादनको नीति लिइने छ ।

• विषादी रहित प्रङ्गारिक खेती तथा व्यवसायिक पशुपालनलाई प्रोत्साहन दिँदै पशु तथा बाली बीमा कार्यक्रम सञ्चालन गरिनेछ भने सहकारी खेती तथा सामुहिक खेतीलाई प्रवर्द्धन गर्न अनुदानको व्यवस्था मिलाईनेछ ।

• कृषकहरुलाई आधुनिक नगदेवाली तथा पलफूलखेती खेती तर्फ प्रोत्सान गर्न स्थानीयस्तरमै कृषि उपज बजार केन्द्रको स्थापनामा जोड दिइनेछ ।

• रैथाने बाली कोदो, फापर, मास, मस्याङ, मकै, भटमास, सिमि आदि बालीहरुको उत्पादन र बजारिकरणमा जोड दिइनेछ ।

• गिठ्ठा भ्याकुर जस्ता कन्दमुलहरुको उचित संरक्षण गरी यसको विकाश र बजारीकरणमा जोड दिइनेछ ।

• आधुनिक उन्नत पशुहरुको उत्पादनमा जोड दिदै किसानहरुलाई दुग्ध र मासुजन्य उत्पादनमा प्रोत्सान गरिनेछ । • प्रत्येक वडाहरुमा गठित कृषक समुहहरुलाई कृषि सेवा केन्द्रको रुपमा विकास गरिनेछ

• युवा लक्षित कार्याक्रमलाई जोड दिदै नमुना कृषि फर्मको बिकास गरिने छ ।

• यस गाउँपालिका भित्र सामूहिक विउ विकास कार्यक्रमलाई अगाडी बढाईने छ। • घाँसमा आधारित पशुपालन व्यवसाय कार्यक्रमलाई प्रोत्सहान गरिने छ ।

• दुग्ध चिस्यान केन्द्र स्थापना गर्न प्रोत्सहान गरिने छ । गोठ तथा नस्ल सुधार कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ । • कृषि विकास रणनीति अनुगम तथा समन्य अन्तरगत कृषक दर्ता व्यवस्थापन गरिने छ ।

• कृषक सूचिकरण गरी कृषक कार्ड र मन कार्डको वितरण गरिनेछ ।

• कृषि तथा पशुपक्षि सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिने छ ।

• स्थानीय महत्वका खाद्य तथा पोषण कार्यक्रमलाई प्रोत्सान गरिने छ ।

• गाई तथा बाख्रा पालन प्रवर्धन कार्यक्रमलाई प्राथमिकताको साथ अगाढी बढाईने छ ।

• कैलाश गाउँपालिकामा संचालित शहकारी तथा वित्तिय संघ संस्थाहरुसंग समन्वय गरी

रूपकहरुलाई कृषिकर्जाको नागी समन्वय तथा सहकारी गरिने छ । निशुल्क पशु स्वास्थ्य शिविर संचालनमा ल्याईने छ ।

• कैलाश गाउंपालिकामा कृषि अन्न तथा वालीहरु उत्पादनको लागि मौसम अनुकुल छ तथापी जिल्लाका अन्य स्थानभन्दा राम्रो खेतिको सम्भावना भएको हुँदा अनुकुल समयमा उत्पादन हुने अदुवा, कफि, आलु, अलैंची, धान, मकै लगायतका वाली उत्पादन बढाउने तर्फ आवश्यक कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ । जनताको खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको अधिकारलाई सार्थकता दिन यस क्षेत्रमा नेपाल सरकारले दिदै आएको खाद्यान्न अनुदानको कोटालाई बढाउन र त्यसमा गुणस्तरियता कायम गर्नेतर्फ थप पहल गरिनेछ ।

• सामुहिक खेती र करार खेतीको अवधारणलाई कार्यरूपमा उतार्न सामुहिक खेती गर्ने, कृषकहरुलाई एकीकृत रुपमा प्राविधिक सहायता उपलब्ध गराउने व्यवस्था मिलाईने छ । खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको हकलाई व्यवस्थित गर्न कृषिमा व्याप्त विचौलिया प्रथालाई निरुत्साहित सबै कृषिसेवा केन्द्रहरुवाट प्रभावकारी ढंगले सेवा प्रवाह गर्दै लगिनेछ। गाउँपालिका भित्र रहेको कृषि फार्महरुलाई अनिवार्य दर्ताको प्रक्रियामा ल्याई एक वडा एक सुधारीएको कृषि फार्म कार्यको थालनी तर्फ अग्रसरता देखाइनेछ ।

• कृषकलाई तरकारीमा आत्मनिर्भर बनाउने अभिप्रायले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अर्न्तगत तरकारी साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिनेछ ।

• गाउँपालिकालाई हरियाली र स्वच्छ वातावरणमय बनाई फलफूलमा आत्मानिर्भर बनाउन फलफूल विकास कार्यक्रम मार्फत कृषि क्षेत्रमा नागरिकलाई आकर्षित गर्न फलफूल दशक अन्तंगत गाउँपालिकामा विरुवा रोपण अभियान कार्यक्रम सञ्चालन गरि कृषकलाई फलफूलको विरुवामा ७५% अनुदान प्रदान गरि व्यवसायिक कृषि नीति अवलम्बन गरिनेछ ।

• बाली रोगहरुबाट बालीलाई मुक्त बनाई स्वस्थ्य बाली उत्पादन प्रवर्द्धनको लागि सबै वडाहरुमा बाली शिविर केन्द्रहरु स्थापना गरि बालि विरुवा जांच कार्यलाई यसै आर्थिक वर्षवाट शुरुवात गरिनेछ । यस गाउँपालिकामा व्यवसाय दर्ता गरि आफ्नो व्यवसाय संचालन गरिरहेका व्यावसायिक कपकहरुको सम्भावित क्षति न्यूनिकरणको लागि बाली बिमा कार्यक्रमलाई प्रोत्साहित गर्दै कृषकले बिमा कम्पनीलाई बुझाउनु पर्ने जम्मा विमांक रकमको २० प्रतिशत रकम कृषकहरुलाई अनुदान स्वरुप उपलब्ध गराउने कार्यको थालनी समेत यसै आ.व बाट गरिनेछ । कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा विकास गर्नको लागि उत्कृष्ट किसान छनौट गरि किसान सम्मान कार्यक्रमको थालनी समेत यसै आ.व वाट गरिनेछ ।
• कृषि तथा पशुपालनको क्षेत्रमा कुनैपनि महामारी तथा संक्रमण फैलिएमा तत्काल पालिका स्तरबाट उक्त महामारी र प्रकोप नियन्त्रणमा आवश्यक कदम उठाइने छ ।

• मकै तथा तरकारी वाली प्रबंधन कार्यमा विशेष जोड दिइनेछ ।
• व्यावसायिक रुपमा कृषि पेशालाई निरन्तरता दिन गाउपालिका भित्रका कृषक समूह, सहकारीलाई तरकारी खेती, फलफूल खेती सम्बन्धी वडा स्तरिय तालिम सञ्चालन गरिनेछ ।

आधुनिक कृषि अहिलेको प्रमुख आवश्यकता भन्ने मूल नारालाई मध्य नजर गर्दै गाउंपालिका कृषि शाखाको मातहतमा रहने गरि गाउँपालिका भित्रका कृषकहरुको खेतबारीको माटो जाँचका लागि माटोको नमुना संकलन गरि ल्याब टेस्ट गरिनेछ ।

• दुईतिहाई भन्दा वढी नागरिकले अंगालेको कृषि पेशालाई नजरअन्दाज गरेर समृद्धिको गन्तव्य खोज्नु केवल कल्पनामा मात्र सार्थक हुन सक्छ तर यथार्थमा असफलता मात्र मिलछ। त्यसैले कृषिलाई आधुनिकिकरण तर्फ डोयाउन कृषि आधुनिकिकरण सम्बन्धि तालिमको सुनिश्चतता, उन्नत विउ विजन वितरण, यान्त्रिकरणको पहुँच विस्तार, यन्त्र उपकरण हस्तान्तरण जस्ता कार्यक्रमहरु प्रभावकारी ढंगले बढाउदै लगिनेछ । बजारीकरण विना कृषि उत्पादनको महत्व प्राय शुन्य हुने कुरामा विश्वस्त हुँदै कृषकका उत्पादनहरुलाई बजार सम्म पहुँच विस्तार गर्न आवश्यक पहल गरिनेछ । बजारको चरम अभावका कारण कृषकले आफ्ना उत्पादनहरु फ्याक्नुपर्ने अवस्था अन्त्यको लागि ” कृषकको ग्राहक स्थानीय सरकार” कार्यक्रम मार्फत कृषि उत्पादनहरु स्थानीय सरकारले नै खरिद गरिदिने नीतिलाई दृढताका साथ अवलम्बन गरिनेछ ।

• यस आर्थिक वर्षमा कृषि उपज वृद्धिको लागि आवश्यक पर्ने रसायनिक मलको कारोबार गर्ने यस गाउंपालिका भित्रका ५ वटा सहकारी संस्थाहरुलाई सहुलियत प्रदान गर्न “कारोवारमा आधारित अनुदान” कार्यको थालनी गरिनेछ। उक्त सहकारीहरुले गरेको मलको कारोबारको लेखाजोखा गरि नगद अनुदान उपलब्ध गराईनेछ। फलफुल तरकारी खेतिमा हुने रासायनिक मलको प्रयोग स्वास्थ्यको दृष्टिकोण हानीकारक हुने कुरालाई ध्यानमा राखी क्रमश: रसायनीक मलको प्रयोगलाई न्यूनिकरण गरि प्राङ्गारीक मलको प्रयोगलाई बढोत्तरी गर्दै लैजान प्राङ्गारीक मल उत्पादन केन्द्र स्थापना गरि अर्गानीक खेतिलाई प्रवर्द्धन गरिनेछ । यस गाउँपालिकालाई प्राङगारिक मलमा आत्मानिर्भर गाउँपालिकामा रुपान्तरण गर्न रसायनिक मलमा दिईदै आएको अनुदान क्रमिक रुपमा प्राङ्गारिक मल तर्फ स्थानान्तरण गर्ने नीतिलाई बढावा दिदै लगिनेछ ।

• पशुपालनलाई आयस्रोतको माध्याम बनाउँदै कृषकहरुले आफ्नो उत्पादनलाई सहकारी मार्फत विक्रि वितरण गरेमा दुध वेच्ने कृषकहरुले समेत सहकारीलाई दुध विक्रि गरेमा प्रति लिटर रु ३ र खसी बोका विक्री गर्दा जिवित तौलको प्रति के.जि.रु ५ का दरले “विक्रिमा अनुदान” प्रदान गर्ने नीति ल्याइनेछ ।

• बिमा गरेका गाई भैंसी कृत्रिम गर्भाधान गरि ब्याए पछि सुत्केरी पोषण भत्ता बापत सम्बन्धीत कृषकलाई रु २५०० नगद दिइनेछ ।

• गाउँपालिकामा उत्पादन भएका कृषिजन्य बस्तुहरुको बिकृवितरण गर्न र बजार व्यवस्थापन गर्न हाट बजार संचालन गर्ने नीति ल्याइनेछ ।

• स्थानीय स्तरमा उत्पादित बस्तु तथा पेय पदार्थहरुलाई ब्राण्डीङ गरी बजारिकरण गर्ने नीति ल्याइनेछ ।