हेटौंडा । नेकपा (एकीकृत समाजवादी) कैलाश गाउँ कमिटीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

पार्टीले कैलाश गाउँपालिका अध्यक्षका लागि कालु ढकाल, टंक मुक्तान र कमल तितुङको नाम सिफारिस गरेको छ । यस्तै, उपाध्यक्षमा फूलमाया गोले र लालिमाया ब्लोनलाई सिफारिस गरेको छ ।

कैलाशका १० वटा वडामध्ये ५ वटा वडामा वडाध्यक्षका सफिारिस गरिएको छ । वडा नम्बर ५ मा सुन्दर तितुङ, ६ मा लिबहादुर घले, ८ मा राजेश लामा मुक्तान, ९ मा नरबहादुर घलानको सिफारिस भएको छ । १० नम्बर वडामा पनि समाजवादीको दाबी रहेको बताइएको छ ।