हेटौंडा । नेपाली काँग्रेसको तर्फबाट कैलाश गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा युवा उम्मेद्वार प्रकाश रानामगरले उम्मेद्वारी दर्ता गराएका छन ।

सोमवार उनले उम्मेद्वारी दर्ता गराएका हुन । कैलाश गाउँपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगेर काँग्रेसबाट रानामगरले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए । उनी युवा उम्मेद्वार हुन ।

उनले कैलाश गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा जनताले मतदान गरि जिताए, शिक्षा, स्वास्थ्य, बिद्युत, महिला सशक्तिकरण, युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने बताए । उनले प्राबिधिक तथा उद्यमशिलता शिक्षा, आधुनिक कृषि तथा सिचाँई योजना, सहकारीको संस्थागत विकास र समुदायलाई शशक्त बनाउने प्रतिवद्धता जनाएका छन ।