हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा एमालेको प्यानलनै विजयी भएको छ ।
मकवानपुरगढी–३ को वडाध्यक्षमा नेकपा एमालेका भागवत घिमिरे सहित सदस्यमा प्यानलनै निर्वाचित भएका हुन् ।

घिमिरेले गठबन्धनका उम्मेदवार अर्जुन प्रसाद दाहाललाई ५७ मतले पराजित गर्दै वडाध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । घिमिरेले ९४३ ल्याउँदा गठबन्धनका उम्मेदवार दाहालले ८८६ मत प्राप्त गरेका थिए ।