हेटौंडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माण कम्पनीले पालिकाका नवनिर्वाचित पदाधिकारीहरूलाई हस्तान्तरण गरेको छ ।

कैलाशको नयाँ भवन हस्तान्तरणमकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माण कम्पनीले पालिकाका नवनिर्वाचित पदाधिकारीहरूलाई हस्तान्तरण गरेको छ ।

दुई तले भवनमा २६ वटा कोठा छन् । भवन निर्माणको लागि ३ करोड १८ लाख ४२ हजार तीन सय ६४ रुपैंयामा सम्झौता भएको थियो । निर्माण कम्पनी रविना÷अविषा जेभिले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।

सोमबारदेखि नयाँँ प्रशासनिक भवनबाट पूर्णरुपमा सेवाप्रवाह हुने अध्यक्ष मुक्तानले जानकारी दिए । २०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो । १८ महिने सम्झौता भए पनि निर्माण कम्पनिले सम्झौता अवधिमा काम सम्पन्न नभएपछि म्याद थप गरेर निर्माण सम्पन्न गरेको हो ।

२०७७ साल जेठ १५ गते आगलागिका कारण गाउँपालिकाको प्रिफ्यावको १८ कोठे पुरानो भवन नष्ट भएको थियो । त्यसपछि कालिकाटारमैं रहेको भवानी माध्यामिक विद्यालयको भवनबाट गाउँपालिकाले सेवा सञ्चालन गरिरहेको थियो ।