हेटौंडा । नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९), अभियान पार्टी संगठन व्यवस्थित र परिचालनको लागि भएको केन्द्रीय पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले बताए । उनले कम्युनिष्ट पार्टीको संगठन सधै चुस्तदुरूस्त हुनुपर्ने भन्दै अभियानमा जुट्न सबै कार्यकर्तालाई अनुरोध गरे ।
अभियान सञ्चालन गर्ने क्रममा पार्टी संगठन बलियो बनाउँदै पहिलो र बहुमतको पार्टी निर्माण गर्न वडाको टोल टोलमा जनता र कार्यकर्ताको बीचमा जाने हेटौँडा २ नं. वडा कमिटीको बैठकले निर्णय गरेको छ । बैठकले जनसंगठनको वडा कमिटी, पार्टी टोल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणको लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टोली बनाई सञ्चालन गर्ने निर्णय गरेको वडा सचिव रेणु गुरूङ्गले बताइन ।
पार्टी वडा अध्यक्ष रामकृष्ण तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सदस्यहरू गोपाल श्रेष्ठ, श्याम श्रेष्ठ, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू सुनिल मुक्तान, फूर्वा दोर्जे लामा, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी,सचिव बोलबहादुर कार्की, उपसचिव जनरल श्रेष्ठ, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्