हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका युवा उम्मेद्वार देवराज पौडेलले पुरानो नेतृत्वको पुनरागवन हुन नदिन नगरवासीलाई होसियार हुन आग्रह गरेका छन ।

उनले आसन्न स्थानीय निकायको चुनावमा मतदान गर्दा पुराना पार्टी र पुराना नेतृत्वलाई नभई नयाँ नेतृत्वलाई मतदान गर्न आग्रह गरे । पुराना नेतृत्वले नगरको विकास गर्न नसकेको र आसेपासे, पार्टी कार्यकर्ता भत्र्ति केन्द्र बनाएको प्रति रोश पोख्दै पौडेलले युवा नेतृत्व छान्न नगरवासीलाई आग्रह गरेका हुन ।

उनले सार्वजनिक जग्गा अतिक्रमण रोक्नेदेखि सडक बिस्तार सम्मको योजना अघि सारेका छन । मेयरमा स्वतन्त्र उमेद्वार दिएका पौडेलले नगर हित तथा कल्याणका लागि लाग्ने बताए । उनले नगरको ४० हजार घरधुरीको हितका लागि दिनरात नभनि खटिने बताए । उनले निष्पक्ष विकास र न्यायका लागि, व्यक्ति, समाज र राष्ट्र रुपान्तरणका लागि, शान्ति, एकता र विकासका लागि, एकात्मकवाद चिर्नका लागि, सर्वहारा मुक्तीका लागि, नगर कल्याणका लागि, भ्रष्टाचार निर्मुर पार्न, मजदुरहरुको अभिभावकत्वका लागि हेटौंडाको मेयरमा उम्मेद्वार दिएको बताए । चुनावमा होमिएका पौडेलले एक घर एक भोट, स्वतन्त्रलाई नर्बिसौं नाराका साथ स्थानीय निकायको चुनावमा होमिएका छन ।

३१ बर्षीय पौडेल हेटौंडा ७ न्यूरेनी निवासी हुन । उनी हाल उच्च शिक्षा अध्यनरत रहेका छन भने उनले खुल्ला जिमशालाको सामाग्रीहरु बेचबिखन, अटोमोवाइल्स व्यवसायीका रुपमा परिचय बनाएका छन । उनी बिश्व हिन्दु महासंघ मकवानपुरको जिल्ला सदस्य पनि हुन । उनी बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर काम गरिरहेका युवा हुन ।