हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले स्थानीय निर्वाचनलाई लक्षित गरेर यहि २५ गते हेटौंडाको हुप्राचौरमा बृहत आमसभा गर्ने भएको छ ।

आमसभालाई राप्रपाको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा हेटौंडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दिपक बहादुर सिंहले जानकारी दिए ।