हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ बाट स्वतन्त्र उम्मेदवार विशाल राज महतले वडा नं. २ र वडा नं. ५ को सिमाना भई बग्ने खोल्सालाई व्यवस्थित गर्ने बताएका छन ।

अनिरुद्र खबर संग कुराकानी गर्दै उनले वडावासीहरुको सहमतिमा नक्सा अनुसार वडाको समस्या समाधान गर्न खोल्सालाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका हुन । उनले वडामा लागु पदार्थ लागुऔषधको प्रयोगको बिरुद्ध अभियान चलाई रोजगारी सिर्जना गर्ने बताए ।

उनले वडामा धार्मिक संरचनाको संरक्षण, खुल्ला व्यायमशाला निर्माण, खेलाडी उत्पादन र खेलकुदको विकास, सार्वजनिक पुस्ताकालय निर्माण, जेष्ठ नागरिकको हक हितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन । महतले अव्यवस्थित प्लटिङ नियन्त्रण तथा ढल निकास र डुबानको समस्याबाट वडावासीलाई मुक्त गर्ने प्रतिवद्धता जनाए । महत चुनावी प्रचार प्रसारका लागि घरदैलो अभियानमा व्यस्त रहेका छन ।