हेटौंडा । मकवानपुरका पाँच पालिकाका अध्यक्षहरुले बिहीबार सपथ लिएका छन् । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उनीहरुलाई सपथ गराएका हुन् ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सपथ लिएका हुन ।
जिल्ला न्यायाधीशबाट पालिकाका अध्यक्ष तथा प्रमुखले सपथ लिएपछि पालिकाका अध्यक्ष वा प्रमुखले पालिकाको उपाध्यक्ष वा उपप्रमुखसहित वडा अध्यक्ष र वडा सदस्यलाई सपथ गराउनेछन् ।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका पालिकाको हकमा कार्यपालिका गठन लगायतका थप काम सम्पन्न गर्न केही पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै सपथग्रहणको कार्यक्रम गरिएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्