हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिएको छ ।
आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानीय निकायको निर्वाचन मार्फत काँग्रेसलाई मकवानपुरमा ठुलो पार्टी बनाएको भन्दै धन्यवाद दिएको हो । नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले स्थानीय निकायको निर्वाचनमा मकवानपुरमा मकवानपुरे जनताले दिएको मतप्रति आभार व्यक्त गरे ।
उनले पत्रकार सम्मेलनमा आम मतदाता, गठबन्धन, सहयोगी सबैप्रति धन्यवाद दिएका हुन । कार्यक्रममा काँग्रेसका नेताहरु भीमसेन महत, धर्मराज लामिछाने लगायतकको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्