हेटौंडा । हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले मेयरको अधिकार कटौती गर्न नमिल्ने बताएका छन् ।
नेकपा एमालेले मेयरको अधिकार कटौतीको माग राख्दै नगरसभा बहिष्कार गरेपछि पत्रकार सम्मेलन गर्दै हेटौंडा–१ का वडाअध्यक्ष समेत रहेको युवा नेता न्यौपानेले यस्तो बताएका हुन ।
‘मेयरको संलग्नाता विनाको निर्णय मान्य हँुदैन । बहुमतले निर्णय गर्ने भएपनि त्यसमा मेयरको संलग्नता अनिवार्य चाहिन्छ । त्यसकारण एमालेका साथीहरुले राख्नु भएको माग गलत छ ।’, प्रवक्ता न्यौपानेले मेयरको अधिकार कटौनी कानुन अनुसार नभएका कारण न्यायोचित नहुने दावी गरे ।












प्रतिक्रिया दिनुहोस्