हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले नगर प्रखुखको जिम्मेवारी हेटौंडालाई बनाउने रहेको बताएकी छिन ।
गणपुरक संख्या नपुगेर नगरसभा स्थागित गरेको जानकारी दिएपछि पत्रकारहरुसँग कुरा गर्दै मेयर लामाले हेटौंडालाई समृद्ध बनाउने र आम जनताको समस्या समाधान गर्ने रहेको बताइन् । बर्खा लागिसक्यो, हामीले बजेट पास गर्न सकेका छैनौं, नीति कार्यक्रम ल्याउन सकेका छैनौं उनले भनिन्–एमालेले जनताको हितमा भन्दा पनि मेयरको अधिकार कतौटीकै मुद्दा मात्रै भएको बताइन् ।
उनले नगरसभामा राजनीतिक कुरा नहुने बताइन । एमालेले राखेको माग राजनीतिक रहेको र नगरसभामा राजनीतिक कुरा नहुने उनको भनाई छ । आफुहरु हेटौँडा बनाउने सवालमा मात्र सहमति र सहकार्यको साथमा अघि बढ्ने भन्दै मेयर लामाले राजनीतिक विषयमा नगर क्याविनेटमा कुनै छलफल नहुने अडान राखेकी हुन् । उनले आईतबार हुने नगरसभा सहमतिमा हुने विश्वास ब्यक्त गरिन् ।












प्रतिक्रिया दिनुहोस्