हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा प्रसिद्ध रेग्मी सर्वसम्मत चयन भएका छन् । क्याम्पस सम्मेलनबाट रेग्मीको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा रामचन्द्र भ्लोन, सचिवमा कैलाश लम्साल, सहसचिवमा सुजल विश्वकर्मा, दिपेश अर्याल, दिपीका तिमल्सिना, कोषाध्यक्षमा साकार ढुंगेललाई चयन गरिएको छ ।
अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटी सम्मेलनका सहसंयोजक मनिष गौतमको सभाध्यक्ष तथा अनेरास्ववियु केन्द्रिय कमिटीका महासचिव समीक बडालको प्रमुख आतिथ्यमा सम्मेलन भएको थियो ।












प्रतिक्रिया दिनुहोस्