हेटौंडा । हेटौंडा क्याम्पस संचालक समितिको अध्यक्षमा आनन्दराम पराजुली सर्वसम्वत् चयन भएका छन् ।

हेटौंडा क्याम्पसको चौधौँ क्याम्पस सभाबाट सर्वसम्मत पराजुली अध्यक्षमा निर्वाचित भएका हुन् । क्याम्पस संचालक समितिको उपाध्यक्षमा श्रीधर पोखरेल, कोषाध्यक्षमा नमुना पाण्डे चयन भएका छन् ।

त्यस्तै संचालक समितिको सदस्यहरुमा क्रमशः बद्रीनाथ शर्मा, पुरणबहादुर जोशी, प्रदीप कोइराला र कविर पन्त चयन भएका हुन् ।