हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्नुपर्ने भन्दै प्रतिनिधि सभामा फिर्ता पठाएकी छन् ।
राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता फिर्ता पठाएकी हुन् ।
आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले फिर्ता पठाएको उल्लेख गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्