हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले सुचना दिन अस्विकार गरेकी छिन् । सार्वजनिक चासोको बिषयमा माग गरिएको सुचना दिन मेयर मिना कुमारी लामाले अस्विकार गरेकी हुन् । उनले व्यक्ति पिच्छे सुचना उपलब्ध गराउन नसकिने बताउँदै हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक सुनुवाई मार्फत सुचना दिने बताएकी छिन् ।
नेपालको संबिधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सार्वजनिक चासोको बिषयमा नेपाली नागरिकले माग गरेको सुचना उपलब्ध गराउनुपर्ने नियमलाई लत्याउँदै उनले व्यक्ति पिच्छे सुचना प्रदान गर्न नसकिने बताईन् । कानुनको बिद्यार्थी समेत रहेकी मेयर लामाले कानुनको जानकारी नभएर मात्रै सुचना दिन इन्कार गरेको मान्न सकिदैन । चुनाव अघि आफु सेवक मेयर बन्ने बताउने लामाबाट अब जनताले के अपेक्षा गर्ने ? आम नागरिकको सुसुचित हुन पाउने अधिकारलाई लामाले कुठित गर्न खोजेकी छिन् ।
कार्यकारी जन प्रतिनिधि जनताको सेबक भएको कुरामा गम्भिर सन्देह जन्मिएको छ । कसैको परिवारको सुचना मागिएको होइन, जनताको सेवक बन्छु भनेर जनताले चुनेर पठाएको जनप्रतिनिधिलाई जनताको सेवाको लागि जनताकै पैसाले तलब भत्ता खुवाएर दरबार बनायर सेवाकै लागि राखिएको हो । सुचना दिन आनाकानी गर्नुको पछाडि अनियमितता मात्रै होइन मालिक मेयरको झल्को देखिएको छ, जुनः दुखद् छ । मेयर लामाले दिएको अभिव्यक्तिले नागरिक सुसुचित हुन पाउने र हेटौंडा उपमहानगरपालिका पारदर्शी हुने कुरामा अहिले प्रश्न चिन्ह जन्मिएका छ ?
हेटौंडा उपमहानगरपालिकामा गत आर्थिक बर्षमा बिभिन्न समितिले अनुगमन तथा बैठक वापत बुझेको भक्ता तथा कर्मचारीको बिषयमा सुचना माग गरिएपछि कर्मचारीहरु आनाकानी गर्न थालेका थिए । सुचना उपलब्ध गराउने कि नगराउने भन्ने बिषयमा मेयर संग सल्लाह नगरि निवेदनमा तोक लगाउन नमिल्ने भन्दै प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले सुरुमा तोक लगाउन इन्कार गरेका थिए । उनले सुचना अधिकारी भानुभक्त थपलियालाई बोलाएर मेयरको अनुमति लिन पठाएका थिए । मेयर लामाले व्यक्ति पिच्छे सुचना दिन सकिदैन, हामी सार्वजनिक सुनुवाई गछौं भन्दै गैर जिम्मेवार जवाफ दिएकी थिइन् । थपलियाले पुनः निवेदन सहित प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा फर्किएपछि पत्रकार अनिल पराजुलीले सुचनाको हकको प्रयोग गर्दै निवेदन सहित सुचना माग गरिएको र निवेदनमा तोक लगाउन अस्विकार गर्ने भए लिखित रुपमा सुचना दिन नपर्ने कारण माग गरेपछि अन्त्यमा प्रशासकिय अधिकृत चौलागाईले तोक लगाएका थिए ।
यता हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले सहज रुपमा सुचना उपलब्ध गराउनपर्ने बताएका छन् । उनले व्यवस्थित रुपमा सकेको सुचना क्रमशः दिदै जानुपर्नेमा जोड दिए ।












प्रतिक्रिया दिनुहोस्