हेटौंडा । मकवानपुरका युवा व्यवसायी तथा सामाजिक अभियान्ता दिपेन्द्र चन्द ठकुरीले औपचारिक रुपमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन ।
आज हेटौंडाको दर्शन पार्टी प्यालेसमा भएको स्वतन्त्र नागरिक अभियान तथा उम्मेद्वारी घोषणा कार्यक्रममा उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुरको क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
सामाजिक वेतिथी, भ्रष्टाचार र हेटौंडा अस्पतालको सेवा सुधारका लागि ठकुरीले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । उही राजनीतिक दल र उही पार्टीलाई बर्षौदेखि भोट दिएर जिताएपनि व्यवस्था फेरियो तर जनताको अवस्था उस्तै रहेकोले अब युवाले जनताको लागि काम गर्ने भएकाले आफुले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको बताए ।

एक्सपाएर भएका नेता र बर्षौदेखि जनतालाई झुक्याउने पार्टीलाई अब नो नट एगेन भन्नुपर्नेमा आम मकवानपुरवासीलाई उनले आग्रह गरे । धेरै पटक उम्मेद्वार भएर बिजयी भएका पार्टीका उम्मेद्वार जनताको बन्न नसकेकाले अब जनताको सेवा गर्ने सेवक र जनताको मुद्दालाई सम्बोधन गर्ने सहि व्यक्तिलाई मतदान गरेर छान्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा डाक्टर वीर बंश बैठा, रामशरण कार्की, दिनेश लामा वाइवा, किशोर अर्याल, राजु कँडेल, लेखनाथ ढकाल लगायतकाले स्वतन्त्र उम्मेदवार दिपेन्द्र चन्द ठकुरीलाई अमुल्य मतदान गरेर सहयोग गरिदिन आम मकवानपुरवासीलाई आग्रह गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्