हेटौंडा । संघिय सरकारको उर्जा राज्यमन्त्री नियुक्त भएका मकवानपुरका दिपकबहादुर सिंहले सपथग्रहण गरेका छन् ।
आज राष्ट्रपति कार्यालय शितलनिवासमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्री सिंहलाई सपथग्रहण गराएका हुन् । सिंह मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका सिंह पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन निकट नेताको रुपमा रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्