हेटौंडा । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको विद्यार्थी नेता अरुण बर्तौला बागमती प्रदेश कमिटीको सचिव चयन भएका छन ।
शुक्रबार काठमाडौंमा भएको भेलाले बर्तौलालाई प्रदेश कमिटीको सचिव चयन गरेको हो । अनेरास्ववियू मकवानपुर जिल्ला कमिटीका अध्यक्ष समेत रहेका बर्तौला प्रदेश सचिव चयन भए ।
भेलाले दिपक बुढाथोकीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीको उपाध्यक्षमा जयराम बास्कोटा, सरिता खाती र रिता सापकोटा चयन भए । यस्तै सहसचिवमा प्रदीप न्यौपाने र सुजया लामा चयन भए ।












प्रतिक्रिया दिनुहोस्