काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।

शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरिसकेको छ । तसर्थ माघ १४ गतेसम्म नेप्सेमा कायम शेयरधनी हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात्र कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपियाँ पुग्नेछ । हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।