सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीमा इन्धन, पुस्तकालय र यातायातको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।
शनिवार जिल्ला कारागार सिन्धुलीको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले कारागार सिन्धुलीका कैदीबन्दीका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए । जिल्ला कारागार सिन्धुलीमा हाल सम्म कुनै पनि सवारी साधन नहुँदा कैदीबन्दी विरामी हुँदा अस्पताल जान तथा अदालथ हाजिर हुन जान समेत निक्कै सास्ति व्यहोरिरहेका छन् ।
२ सय ५० को क्षमता भनिएको कैदीबन्दी पुरुष ७ सय ७९ जना, महिला ९१ जना र आश्रित वालवालिका १४ जना सहित ८ सय ८४ जना रहेको जिल्ला कारागारमा हालसम्म दाउरा प्रयोग गरेर नै खाना बनाउनु पर्ने बाध्यता रहेको उनीहरुले गुनासो गरेका थिए । दाउरा अभावमा निक्कै सास्ति व्यहोरी रहेका कैदि बन्दिलाई तत्काल खाना पकाउने ग्यासको व्यवस्था गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाउनु भएको छ ।
कारागारमा रहेका व्यरोजगार कैदीबन्दीलाई आयमुलक शिप सिकाउने व्यवस्था गरि त्यहाँबाट उत्पादित समाग्रिहरुको राज्यले खरिद गरेर व्यवस्थापन गर्ने मन्त्री श्रेष्ठले बताए । कैदीबन्दीको जीवनलाई सहजताका साथै श्रृजनशिल बनाउन कारागारमा व्यवस्थित पुस्तकालयको व्यवस्थापन गर्ने प्रतिवद्धता समेत गरे ।
१० वर्षीय जनयुद्धको क्रममा ५ वर्ष ३ महिना लामो कष्टकर कैद जीवन विताएका मन्त्री श्रेष्ठ हाल बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन । राजनीतिक जिवनमा कैदी जीवनको तितो भोगाई भोगेका मन्त्री श्रेष्ठ हाल सोही सम्बन्धित मन्त्री समेत हुन ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवाल, जिल्ला कारागार प्रमुख कुशल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्