सिन्धुली । स्थानीय न्यायिक समिती क्षमता अभिबृद्धि अन्र्तक्रिया कार्यक्रमको आज सिन्धुलीमाढिमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रि गंगा नारायण श्रेष्ठले उद्घाटन गरेका छन ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण प्रसाद शर्माको अध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सिन्धुली जिल्लाका ६ वटा पालिकाका जनप्रतिधि तथा न्यायिक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
हरेक पालिकाको न्याय निरुपणको अधिकार पालिका उपाध्यक्षलाई कानुन र बिधिको शासनको साथै ब्यबहारिक न्याय निरुपणका लागि स्पष्ट रहन आबश्यक रहेको मन्त्री श्रेष्ठले बताए । कतिपय पालिकामा क्षेत्राधिकार भन्दा बाहिर रहेर न्याय सम्पादन गरिएको पाइएको बताउँदै श्रेष्ठले नियत बस भन्दा पनि अन्जानले गल्ति बारम्बार भैरहने भएकाले अब त्यस्ता गल्ति नदोहो¥याउनको निम्ति न्याय प्रदान गर्ने ब्यक्ति नै स्पष्ट रहनुपर्ने बताए ।
न्याय सम्पादन गर्ने ब्यक्तिको सहजता तथा गलत न्याय सम्पादन न्युनिकरणको उद्देश्य सहित बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेशका १० वटा जिल्लामा क्षमता अभिबृद्धिको सहितको अन्र्तक्रिया सन्चालन गरिने मन्त्री श्रेष्ठले जानकारी दिए ।
सत्य न्याय निरुपणको लागी बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन सचिव बिनोद भट्टराईले स्थानीय न्यायिक समिती क्षमता अभिबृद्धि अन्र्तक्रिया कायक्रमको सहजिकरण गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्