हेटौंडा । २८ औं वन्यजन्तु सप्ताहको अन्तिम दिन विहिवार हेटौंडामा विविध कार्यक्रमको आयोजना गरि मनाइएकोे छ । जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवम वन्यजन्तु सप्ताह आयोजक समितिका अध्यक्ष निकित प्रधानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा डिभिजन वन कार्यालय,राप्ती मनहरीका प्रमुख विष्णु प्रसाद आचार्यले सालक संरक्षण सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान हेटौंडाका प्रमुख शिवकुमार मानजन, कृषि तथा वन विश्वविद्यालय, वन संकायका डिन डा. बलराम भट्ट, डिभिजन वन कार्यालय, राप्ती मनहरीका सहायक वन अधिकृत दामोदर पाण्डे, शम्भु तामाङ, रेन्जर निश्चल घिमिरे, विद्यार्थी लगायतको सहभागिता थियो ।
कार्यक्रममा कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सप्ताह कार्यक्रम अन्तरगत कविता प्रतियोगिता, कर्रा खोला सरसफाइ, मानव वन्यजन्तु विचको द्धन्द सम्वन्धि छलफल, जनचेतनामुलक होडिङ बोर्ड निर्माण, जनचेतनामलक र्यालीको आयोजना, चरा सम्वन्धि अन्तरक्रिया लगायतका कार्यक्रमहरु गरिएको थियो ।
कार्यक्रम सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका, फेकोफन, जेडएसएल, मिथिला वाईल्डलाईफ, डिभिजन वन कार्यालय, मकवानपुर, राप्ती लगायतकाले सहयोग गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्