हेटौंडा । बागमती प्रदेशभित्र तामाङ र नेवारी (नेपाल) भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिश गरिएको छ ।
बागमती प्रदेशभित्र नेपालीसँगै सरकारी कामकाजको भाषामा तामाङ र नेवारी (नेपाल) भाषा प्रयोगमा ल्याउनेसम्बन्धमा अध्ययन बनाइएको समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई आइतबार सिफारिससहित प्रतिवेदन बुझाएको हो ।
समितिका संयोजक एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तानसहित समितिका सदस्यहरुले मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेललाई बुझाएको प्रतिवेदनमा प्रदेशमा बसोबास गर्ने जनसङ्ख्या लगायतका आधारमा सरकारी कामकाजको भाषामा तामाङ र नेवारी (नेपाल) भाषा समेत प्रयोगमा ल्याउन सुझाइएको छ ।
प्रतिबेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले आगामी भदौ महिनाभित्र भाषासम्बन्धी ऐन निर्माण गरी तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाइने प्रतिबद्धता ब्यक्त गरे ।












प्रतिक्रिया दिनुहोस्