हेटौंडा । मकवानपुरको हेटौंडा–भैंसे सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ सुपारेटार ब्यारेक नजिकै हेटौंडा–भैंसे सडक खण्ड भैसेबाट हेटांैडा बजार आउँदै गरेको ना.३७ प ४९१० न.को मोटरसाईकल आफै अनियन्त्रित भई सडकको दाहिने साइड ठोकिन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक हेटौंडा ४ कमानेका २० बर्षीय निशान शाही र मोटरसाईकल पछाडि बस्ने हेटांैडा ४ सितलमहत चोकका १८ बर्षीय आदित्य शाही घाईते भएको प्रहरीले जनाएको छ । निशानको अनुहारको बाया साईडमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको हेटौंडाको चुरेहिल अस्पताल उपचार भईरहेको छ ।












प्रतिक्रिया दिनुहोस्