हेटौंडा । मकवानपुर प्रहरीले अफिम सहित हेटौंडाबाट तीन जना पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं. ७ बेलिबृज नजिकैबाट लागुऔषध अफिम २ किलो ९ सय ग्राम सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले बिशेष सूचनाका आधारमा हेटौंडा–७ बस्ने ५६ बर्षीय जय बहादुर मुक्तान, बारा निजगढ नगरपालिका–१२ बस्ने २४ बर्षीय बिष्णुलाल थिङ र मकवानपुर बकैया–६ बस्ने ३२ बर्षीय दिनेश थिङलाई पक्राउ गरेको हो ।












प्रतिक्रिया दिनुहोस्