हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले आवासीय भवनको भाडा माग गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशलाई पत्र लेख्दै आवास भाडा माग गरेको हो । हेटौँडा सिमेन्ट उद्योग संचालक समितिको असार ८ गतेको १३३१ औं बैठकबाट बागमती प्रदेश सरकारका मन्त्रीहरुको आवासका लागि प्रयोग भईरहेको उद्योगका ८ वटा आवासीय भवनहरुको नेपाल सरकारको भाडादर बमोजिम भाडा माग गर्ने निर्णय गर्दै मन्त्रालयहरुलाई पत्र पठाएको छ ।
हेर्नुहोस् पत्र